राजनैतिक संलग्नता

Posted on by
  • सन्  २०२४ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै विद्यार्थी यूनियनमा विभिन्न पदहरुमा निर्वाचित, २०२६मा वाल्मीकि संस्कृत महाविद्यालय छात्र समितिको उपसभापति र मुखपत्र उन्मेषको सम्पादन, २०३६मा गण्डकी छात्र समितिको साहित्य–सचिव र मुखपत्र विवेक विन्दुको सम्पादन, २०२७ सालमा ने.वि.संघको सदस्यता ग्रहण, २०२८ सालमा ने.वि.संघ–तनहूँ जिल्ला कार्यसमितिको सल्लाहकार र मुखपत्र भोलीको सम्पादन, २०२९मा भएको विद्यार्थी आन्दोलनमा पहिलो पटक गिरफ्तार, २०२९मा संस्कृत छात्रावास छात्र कार्यसमितिको सभापति र विधान परषद्को अध्यक्ष निर्वाचित, २०३०मा त्रि.वि. नेपाली विभागका विद्यार्थीहरुको संस्था नेपाली साहित्य परिषद्को अध्यक्ष ।

 

  • सन्  २०३६ सालमा नेपाली कांग्रेसद्वारा गठित बहुदल प्रचार सम्बन्धी विभिन्न समितिहरुको सदस्य, २०४२ सालको सत्याग्रहमा राजधानी (साप्ताहिक) परिवारका सबै सदस्य गिरफ्तार भएपछि ६ महिनासम्म सत्याग्रहले उठाएका मागहरुको औचित्य स्थापित गर्न राजधानीको सम्पादन, २०४२ सालमा नेपाली कांग्रेसको संगठनात्मक विस्तार सम्बन्धी अध्ययन गरी पार्टी समक्ष प्रतिवेदनको प्रस्तुति, २०४५ सालमा नेपाल प्राध्यापक संघको राष्ट्रिय निर्वाचनमा प्रजातन्त्रवादी प्राध्यापकहरुका तर्फबाट महासचिव पदको उम्मेदवार ।

 

  • सन्  नेपाली कांग्रेसको आह्वान र नेतृत्वमा भएको २०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा गठित नेपाल प्राध्यापक संघ केन्द्रीय समन्वय समितिको महासचिव र जनआन्दोलनका क्रममा प्राध्यापकहरुका तर्फबाट भएको आन्दोलनको नेतृत्व गरेको ।

 

  • सन्  २०४६को जनआन्दोलनलाई बौद्धिक–व्यावसायिक वर्गका तर्फबाट सहयोग पु¥याउने उद्देश्यले गठित प्रोफेसनल सोलिडेरी ग्रुपको सदस्य, २०४६ चैत ७ गते जनआन्दोलनका क्रममा कीर्तिपुरमा भएको ऐतिहासिक बौद्धिक सभालाई सम्बोधन गर्दा गर्दै गिरफ्तार भई काठमाडौंको भद्रगोल कारागारमा बसेको र जनआन्दोलनको सफलतापछि मात्र मुक्त भएको ।

 

  • सन्  २०५४ सालदेखि प्रादेशिक ढाँचासहित राज्यको पुनःसंरचना र प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन जस्ता विषयको संवैधानिक प्रबन्धका निम्ति बहस प्रारम्भ गरेको ।

 

  • सन्  २०५८मा दरवार हत्याकाण्ड पछिको परिस्थितिमा राजसंस्थाको औचित्य र संविधानसभाको आवश्यकता बारे आफ्नो धारणा सार्वजनिक गरेपछि पार्टी भित्र उत्पन्न मतान्तरका कारण केन्द्रीय प्रवक्ता र प्रचार विभाग प्रमुख पदबाट राजिनामा

 

  • सन्  २०५९ असोज पछि प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय र २०६१ माघ १९को शाही कदम सँगै गिरफ्तार भई पहिले ककनी (नुवाकोट) र पछि दुवाकोट  (भक्तपुर)मा करीव ६ महिना सशस्त्र प्रहरी शिविरमा राजबन्दी ।

 

  • सन्  २०६२मा सम्पन्न पार्टीको ११औं महाधिवेशनमा संविधानसभाको निर्वाचन, राज्यको पुनःसंरचना, राजतन्त्रको समाप्ति र पार्टीमा आन्तरिक लोकतन्त्रका निम्ति केन्द्रीय सभापति पदका लागि उम्मेदवार ।

 

  • सन्  २०६२ माघ ४ गते जनआन्दोलनका क्रममा गिरफ्तार र बृहत् जनआन्दोलन (२०६३)को सफलता पछि मुक्त ।

 

  • सन् २०६३ असार १९ बाट लोकतान्त्रिक गणराज्य नेपालका लागि कांग्रेस–अभियान प्रारम्भ गरी गणराज्य नेपालका पक्षमा ६५ जिल्लाहरुको भ्रमण गरी १७५ भन्दा बढी अन्तर्संवाद र विचारसभामा सहभागिता ।

 

  • सन्  २०६५ मा संविधान सभा अन्तर्गत राज्यको पुनस्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको सदस्यका रूपमा अवधारणा पत्र र प्रारम्भिक मसौदा निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको।

 

  • सन्  २०६५ फागुन १५ मा संविधान सभाका २५ जना सभासद्हरुको समूहलाई संयोजन र नेतृत्व गर्दै संघीय संरचना र शासकीय स्वरुप सम्बन्धी विशेष अवधारणा सहितको संविधानको आधारपत्र तयार गरी नेपाली काङ्ग्रेस केन्द्रीय समिति र संविधान सभाका सम्बन्धित विषय समिति समक्ष प्रस्तुत गरेको ।

 

  • सन्  २०६६ कार्तिक १५ मा काठमाण्डौंमा सम्पन्न महासमितिमा लोकतान्त्रिक पार्टी कसरी निर्माण गर्नेरु विषयको राजनीतिक दस्तावेज बहशका लागि प्रस्तुत गर्दै नेपाली काङ्ग्रेस पार्टीलाई व्यापक प्रतिनिधित्व सहितको समावेशी ढाँचा निर्माण गर्ने विधान संशोधनका निमित्त परिणाममुखी पहल गरेको।

 

  • सन्  २०६७ जेठ १४ मा नेपाली काङ्ग्रेसका सभासद्हरुले २०६५ फागुन १५ मा संविधान सभाका समितिहरु मार्फत राष्ट्रिय बहशका निम्ति प्रस्तुत गरेको संविधानको आधारपत्र र संघीय गणराज्य नेपालको संरचना सम्बन्धी दस्तावेज र त्यसमाथि आएका देशव्यापी सुझावलाई आधार बनाई तयार पारिएको प्रस्तावित नेपालको संविधान (संक्षिप्त रुपरेखा), २०६७ संविधान सभा परिसरमा जारी गरेको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*